अर्थ संसार, काठमाडौं– शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था यसअघि नै भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।
विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले विद्यार्थी संगठनको माग सम्बोधन गर्न आफू र वर्तमान सरकार तयार रहेको बताउनुभयोे ।
ज्ञापनपत्र बुझाउन पुगेका अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीले आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माणको तयारी भइरहेको बेला शैक्षिक प्रमाणपत्र धितोमा राखी निब्र्याजी ऋण उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो
। ज्ञापनपत्र बुझाउन अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनका नेता मन्त्रालय पुग्नुभएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस