Like us!
Follow us!
Connect us!
Watch us!

भौतिक पूर्वाधार योजना तथा आय आर्जनका काममा गरिबी निबारण कोषको १२ करोड ६१ लाख सहयोग

मंगलबार, १८ बैशाख २०७५, १३ : २५ मा प्रकाशित

भौतिक पूर्वाधार योजना तथा आय आर्जनका काममा गरिबी निबारण कोषको १२ करोड ६१ लाख सहयोग

शंखर पहाडी,गौरब

अर्थ सन्सार सिन्धुली –सिन्धुली जिल्लाको तिन पाटन गाउँ पालीका र दुधौली नगरपालिकामा भौतिक पूर्वाधारका योजना निर्माण तथा आय आर्जनका काम सञ्चालन गर्न गरिबी निबारण कोषले १२ करोड ६१ लाख ३ हजार ३ सय रुपैया उपलब्ध गराएको छ ।

स्थानीय सहयोगी संस्था ग्रामीण विकास समाजको सहजीकरणमा भौतिक पूर्वाधारका योजना निर्माण तथा आय आर्जनका काम सञ्चालन गर्न तीनपाटन गाँउपालिकाको १,२,३ र ६ मा गठन भएका १ सय ५९ वटा सामुदायिक संस्था तथा दुधौली नगरपालिकाको वडा नं. ६,७,८,९,१० र ११ लाई उक्त रकम उपलब्ध गराएको गरिबी निबारण कोषले बताएको छ ।

तीनपाटन गाँउपालिका र दुधौली नगरपालिकाका विभिन्न वडामा ५५ वटा भौतिक पूर्वाधारका योजना सम्पन्न भएको छ । खानेपानी, सिंचाई, कजवे, ईनार, सडक लगायतका यि योजना सम्पन्न गर्न गरिबी निबारण कोषले ५ करोड १८ लाख १० हजार ८ सय २५ रुपैया लगानी गरेको छ भने स्थानीयले १ करोड १६ लाख ८१ हजार ३ सय ८१ रुपैया बराबरको जनश्रमदान गरेको छन् । यि योजनाबाट ३ हजार ६ सय २० घर परिवार लभान्वित भएका गरिबी निबारण कोषका सुपरभाईजर लिलानाथ अधिकारीले अर्थ सन्सारलाई जानकारी दिनु भयो ।

स्थानीय स्तरमा गठन भएका सामुदायिक संस्था मार्फत यि योजना सम्पन्न भएको हो । कार्यक्रम सुरु भएदेखि विभिन्न मितिमा यि योजना निर्माण भएको र अरु १ सय ५९ वटा सामुदायिक संस्था गठन भई आयआर्जनका गतिविधि सञ्चालन भई रहेको अधिकारले बताउनु भयो ।

यि सामुदायिक संस्थालाई आय आजर्नका काम सञ्चालन गर्न गरिबी निबारण कोषले ७ करोड १७ लाख ९३ हजार ४सय ७५ रुपैया घुम्ति कोष स्वरुप उपलब्ध गराएको सुपरभाईजर अधिकारीले बताउनु भयो । आय आर्जनको क्रियाकलापबाट यि सामुदायिक संस्थाका ४ हजार १ सदस्यहरु लाभान्वित भएका छन् ।

सामुदायिक संस्थाका सदस्यहरुले १२ प्रतिशत व्याज दरमा ऋण लिएर बाख्रा , भैसि ,कुखुरा पालन तथा साना व्यवसाय लगायतका आय आर्जनका काम सञ्चालन गरेको ग्रामीण विकास समाज सिन्धुलीले जनाएको छ ।

त्यस्तै दुधौली नगरपालिका ९ मा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत २७ लाख ९९ हजार रुपैयाको लगानीमा बेसार प्रशोधन उद्योग सञ्चालनमा ल्यार्ईएको छ । गरिबी निबारण कोषको २४ लाख ९९ हजार र दुधौली नगरपालिकाको ३ लाख रुपैया अनुदानमा उक्त उद्योग सञ्चालनमा ल्याईएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको