Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तको आईपिओ बाँडफाँड

आइतबार, २३ बैशाख २०७५, १२ : १४ मा प्रकाशित

नेपाल सेवा लघुवित्तको आईपिओ बाँडफाँड

अर्थ संसार, काठमाडौं– नेपाल सेवा लघुवित्तको साधारण सेयर आइपिओ आइबार बाँडफाँड भएको छ ।

गोलाप्रथाबाट १६ हजार ७४० जना आवेदकलाई बाँडफाँड गरिएको  सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड भएको हो ।

 लघुवित्तले वैशाख १२ गतेदेखि एक सय रुपैयाँ अंकित दरको एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको थियो ।

जसमध्ये ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ९ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।बाँकी एक लाख ६७ हजार ४ सय कित्ता सेयर सवसाधारणका लागि बाँडफाँड गरिएको हो ।

लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा ८ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

आइपिओ रिजल्टको लागि यो पेज लाईक गर्नुहोला । । हामी PDF राख्नेछौँ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको