अर्थ संसार, काठमाडौं– नेपाल सेवा लघुवित्तको साधारण सेयर आइपिओ आइबार बाँडफाँड भएको छ ।
गोलाप्रथाबाट १६ हजार ७४० जना आवेदकलाई बाँडफाँड गरिएको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड भएको हो ।
लघुवित्तले वैशाख १२ गतेदेखि एक सय रुपैयाँ अंकित दरको एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको थियो ।
जसमध्ये ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ९ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।बाँकी एक लाख ६७ हजार ४ सय कित्ता सेयर सवसाधारणका लागि बाँडफाँड गरिएको हो ।
लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा ८ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
PDF बाट पनि हेर्न सक्नुहुनेछ ।
नोट: सेयर सम्बन्धी सम्पूर्ण जानकारीको लागि यो पेज लाईक गर्न नभूल्नु होला ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस