अर्थ संसार, बाजुरा– बाजुराको बडीमालिका नगरपालिका ३ र ६ का स्थानीयवासीलाई आइतबार सुधारिएको चुलो र गहुँ काट्ने थ्रेसर हस्तान्तरण गरिएको छ ।
३ नं वडा रजालीका धल्पुरी सामुदायिक संस्थाका २५ जना र ६ नं वडामा रहेको पानीनाउला सामुदायिक संस्थाका १९ जना घर परिवारलाई चुलो हस्तान्तरण गरिएको सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताउनुभयो ।
नगरपालिकाभित्र रहेका महिलालाई खाना पकाउन सहज हुने भएकाले महिलालाई निकै प्रभावकारी भएको बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बताउनुभयो । दुई महिनाअघि हस्तान्तरण गर्नुपर्ने चुलो र गहुँ काट्ने थ्रेसर प्राविधिक समस्याका कारण ढिलाइ भएको सहास नेपाल जेण्डर अधिकृत मीना शाक्यले उल्लेख गर्नुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस