Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन सेयर बजार घट्ने क्रम, ८ अंकले घटेको बजारमा ४३ करोडको कारोबार

सोमबार, २४ बैशाख २०७५, १६ : १९ मा प्रकाशित

रोकिएन सेयर बजार घट्ने क्रम,  ८ अंकले घटेको बजारमा ४३ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  विगत केही दिन अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजारले (आज) सोमबार पनि ओरालो यात्रा कायमै राखेको छ ।

८.२७ अंकले बजार घट्दा १५९ वटा कम्पनीको ११ लाख २ हजार ५४८ कित्ता सेयर ४३ करोड ४२ लाख ४६ हजार ९१३ रुपैयाँमा विक्री भएको छ ।

कारोबार भएको समूह मध्ये ८ ओटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १३५३.६७ विन्दुबाट १३४५.३७ विन्दुमा झरेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३३ अंकले घटेको छ ।

घटेको बजारमा आज बैकिङ ५.१, होटल ३९.९६, विकास बैंक १४.४६, जलविद्युत ६.३७, फाइनान्स ४.१२, विमा ८१.७१, उत्पादन १०.९४ र माइक्रोफाइनान्स २१.९ अंकले घटेको छ ।

यता, अन्य समूह भने ०.३४ अंकले बढेको छ ।घटेको बजारमा कमाउने कम्पनी र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5af02d7a46b97.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको