Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाएनन्

मंगलबार, २५ बैशाख २०७५, ११ : ०० मा प्रकाशित

स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाएनन्

अर्थ संसार, काठमाडौँ–नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ ।

गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै चाँडो तलब भत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।

कर्मचारीलाई सही तरिकाले व्यवस्थापन गर्न नसकिएका कारण विभिन्न समस्या आएको, त्यसमा कार्यरत कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएका कारणले करीब ४०० स्थानीय तहमा स्वास्थ्यकर्मीको अभाव भइरहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष शर्माले अन्य सरकारी निकायभन्दा स्वास्थ्य क्षेत्र निकै भिन्न रहेको बताउँदै तीनवटै स्थानीय तहमा आवश्यक स्वाथ्यकर्मीको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।

दुर्गम जिल्लामा कर्मचारीको कमी रहेका कारण तत्काल स्वास्थ्यको सम्पूर्ण जिम्मा स्वास्थ्य मन्त्रालयलाई नै दिन युनियनले माग गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको