अर्थ संसार, काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले जेठ १९ गते १० औँ बार्षिक साधारण सभा होटल भिष्वा, बीरगंजमा गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७३\७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ०.०२१ नगद लाभांश दिने भएको छ । त्यसै गरी कम्पनीले बोनस पछि कायम पूँजीको ६० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।
कम्पनीले चार प्रतिशत बोनसपश्चात कायम हुने चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँको ६० प्रतिशत बराबर अर्थात ७५ करोड ४० लाख ३५ हजार रुपैयाँको हकप्रद ल्याउने लागेको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस