Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से १५ अंकले बढ्दा ५० करोडको कारोबार

मंगलबार, २५ बैशाख २०७५, १६ : ५५ मा प्रकाशित

नेप्से १५ अंकले बढ्दा ५० करोडको कारोबार

अर्थ संसार, काठमाडौं– निरन्तर केही दिन अघिदेखि घटेको बजारमा (आज) मंगलबार ब्रेक लागेको छ ।  आज बजार १५.६५ अंकले बढेको छ ।

कारोबार भएको ८ वटा समूह उकालो लाग्दा नेप्से इडेक्स १३४५.३७ विन्दुबाट १३६१.०२ विन्दुमा पुगेको छ । कुल १६५ वटा कम्पनीको १४ लाख ३९ हजार ३९३ कित्ता सेयर खरिदविक्री हुँदा ५० करोड ६४ लाख ८९ हजार ३२२ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.०४ अंकले बढेको छ । बढेको बजारमा बैकिङ ११.७४, होटल ४३.८८, विकास बैंक १८.१७, जलविद्युत २०.३,  फाइनान्स ०.१४, विमा १५१.२३, अन्य ०.०६ र माइक्रोफाइनान्स ३५.७६ अंकले बढेको छ ।

यता उत्पादन समूह भने २.४३ अंकले घटेको छ । दोहोरो अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5af187c42469c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको