Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रि–बजेट’ आज

बुधबार, २६ बैशाख २०७५, ०८ : १३ मा प्रकाशित

‘प्रि–बजेट’ आज

काठमाडौं (कास)– अर्थमन्त्री युवराज खतिवडालेआगामी आर्थिक वर्षकोबजेटको सिद्धान्त र प्राथमिकता बुधबार संसद्समक्ष पेस गर्दै छन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेलले बताए । संघीय संसद्को बजेट अधिवेशन २३ वैशाखबाट सुरु भइसकेको छ । प्रि–बजेटका लागि दिउँसो १ बजे बैठक बोलाइएको छ ।

अर्थस्रोतका अनुसार संघीयता कार्यान्वयन, दिगो विकासका लक्ष्य पूरा गर्ने, पूर्वाधार क्षेत्रमा लगानी, पुनर्निर्माणमा प्राथमिकतालगायत विषयमा बजेट केन्द्रित रहने प्रतिबद्धता अर्थमन्त्रीले तय गरेका छन्। केही महत्वाकांक्षी नारासमेत अघि सार्ने उनको तयारी छ ।

चालु आर्थिक वर्षका लागि योजना आयोगले १२ खर्ब ४ अर्ब रुपैया“ बजेटसीमा निर्धारण गरको  छ । ‘छलफल तीव्र बनाइएकोछ,’ अर्थ मन्त्रालयका प्रवक्ता किशोरजंग कार्कीले भने, ‘अधिकांश मन्त्रालयहरूको छलफल सकिएको छ ।’

प्रधानमन्त्री केपी ओलीले पनि बजेट निर्माणबारेमंगलबारै पूर्वप्रधानमन्त्रीहरूसँग राय लिए । पूर्वप्रधानमन्त्रीहरूले विकासमुखी र अर्थतन्त्रले थेग्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। उनीहरूले तजबिजीका भरमा रकम वितरण नगर्न र बजेट निर्माण प्रक्रियामा जनप्रतिनिधिका सुझावमा ध्यान दिन आग्रह गरे।

प्रमुख विपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासलाई प्राथमिकता दिन आग्रह गरे। बजेट वितरणमुखी बनाउन नहुने उनको धारणा थियो। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावी घोषणापत्रमा वाम गठबन्धनलेप्रस्तुत गरका एजेन्डामा केन्द्रित हुन सुझाव दिए ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तीव्र आर्थिक विकासको आवश्यकताअनुसार बजेट र कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका थिए । एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहदुर चन्दले पनि विकासमुखी बजेट र कार्यक्रम ल्याउन सुझाव दिए ।

छलफलमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे उनीहरूलाई जानकारी
गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको