Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि पुँजी बजार प्रदर्शनी

बुधबार, २६ बैशाख २०७५, ०८ : ३४ मा प्रकाशित

आजदेखि पुँजी बजार प्रदर्शनी

अर्थ संसार, काठमाडौं– पुँजी बजारसम्बन्धी प्रदर्शनी आजदेखि सुरु हुँदै छ । धितोपत्रकोप्राथमिक र दोस्रो बजारसम्बन्धी जानकारी दिने उद्देश्यलेबुधबार र बिहीबार (वैशाख २६ र २७ गते) पुँजी बजार प्रदर्शनी (क्यापिटल मार्केट एक्स्पो) हुन लागेकोहो ।

प्रदर्शनीमा एउटै छातामुनि धितोपत्र खरिद बिक्री, मर्चेन्ट बैंकिङ, धितोपत्र दलाल व्यवसायी सेवा, सामूहिक लगानी कोष, क्रेडिट रटिङ, निक्षेप सेवा, आस्वासहित विविध जानकारी दिने जनाइएको  छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

नेपालमा पहिलोपटक पुँजी बजारसम्बन्धी विशेष प्रदर्शनी हुन लागेको बोर्डको दाबी छ । ‘आर्थिक विकासकोआधार स्वच्छ, पारदर्शी र प्रभावकारी पुँजी बजार’ भन्नेमूल नाराका साथ हुन लागेको प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।

प्रदर्शनीमा नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एन्ड क्लियरिङ., धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रटिङ  कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरू, सूचीकृत कम्पनीहरूका साथैनेपाल राष्ट्र बैंक, बिमा समिति तथा आइक्यानको सहभागितामा करिब १ सय ७० बटा स्टल रहनेछन ।

दुई दिनमा करिब १ लाखले प्रदर्शनी अवलोकन गर्ने बोर्डको दाबी छ । बजार सहभागीहरूले आफ्ना स्टलमार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार  सेवाबारे लगानीकर्ताहरूलाई जानकारी गराउने बताइएको छ ।

धितोपत्र बजार, सीडीएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैंकिङ व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुति र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन् । ‘धितोपत्र बजारसम्बन्धी अध्ययन सामग्रीहरू निःशुल्क वितरण गरिनेछ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल ७७ वटै जिल्लामा आस्वा सेवा पुगेकोछ । ६५ वटा बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी
शाखामार्फत आस्वा सेवा प्रदान भइरहेकोजनाइएको छ । सार्वजनिक निष्कासन कार्यलाई थप व्यवस्थित गर्ने उद्देश्यलेमाघदेखि आस्वा र गत फागुन ११ गतेदेखि सी–आस्वा अनिवार्य गरिएको हो।

यसैगरी वित्तीय अवस्था सन्तोषजनक नरहेका मुख्यतः जलविद्युत् कम्पनीहरूको सार्वजनिक निष्कासन सम्बन्धमा खुलाउनुपर्ने थप विवरण सम्बन्धमा बोर्डलेविशेष व्यवस्था गरको  छ । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तथा  धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यलेमार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि स्वीकृतिको अन्तिम चरणमा रहेकोबोर्डले जनाएकोछ ।

धितोपत्रकोकारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटोछरितो र लगानीकर्तामैत्री बनाउन
तथा कारोबार सम्बन्धी अभिलेखलाई थप परिमार्जित र सुधार गर्दै जानेक्रममा इन्टरनेटमार्फत धितोपत्र खरिद बिक्रीका लागि आदेश दिन सक्नेव्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको