अर्थ संसार, कलैया– बारामा यसवर्ष रु ६६ करोड तीन लाख लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ ।
जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४÷७५ मा कृषकले कूल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए । वरिष्ठ अधिकृत शिवरत्न साहले गत वर्षभन्दा यसवर्ष करीब एक हजार ६०० हेक्कटर क्षेत्रफलमा मसुरोखेती हुननसक्दा उत्पादनमा कमी आएको बताउनुभयो ।
कलैया बजारमा मसुरोको मूल्य प्रतिकिलो रु ५५ रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कृषकले कूल ११ हजार ६०० हेक्टर क्षेत्रफलमा रु ७७ करोड १४ लाखको ९५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस