अर्थ संसार, काठमाडौं– पूँजी बजारसम्बन्धी जानकारी दिन मेला आयोजना गरिएको दिन नै शेयर बजार करिब पाँच अंकले ओरालो लागेको छ ।
पूँजी बजारका बारेमा जानकारी दिन र निशुल्क सूचना दिन भन्दै मेला आयोजना गरिएको दिन नै बजार घट्नुलाई भने लगानीकर्ताले आश्चर्यजनक ?पमा लिएका छन् ।
उनीह?ले अथृमनत्री डा युवराज खतिवडाबाट मेला उद्घाटनको क्रममा सकारात्मक भनाईको अपेक्षा गरेका थिए । तर लगानीकर्ताले सोचेजस्तो भाषण नआएपछि बबजार प्रभावित भएको बताइएको छ ।
आज शेयर बजार ४.८७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज कारोबार रकम र सूचक दुबै घटेको छ ।
आज बजार खुलेदेखि नै सुचक ओरालो लाग्न थालेको थियो । बजार अन्तिम समयसम्ममा ०.३६ प्रतिशतले घटेको छ । कूल १६० वटा कम्पनीको ? ३४ करोड ७ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
स्टककाअनुसार आज अन्य उपसूचकबाहेक सबै उपसूचक ओरालो लागेका छन् । अन्यको उपसूचक भने ०.०९ अंकले बढेको छ । आज ६ लाख ५४ हजार २२४ कित्ता शेयर ? ३४ करोड सात लाख ३४ हजार ३८९ मूल्यमा कारोबार भएको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस