अर्थ संसार,काठमाडौँ – नेपालमा पहिलो पटक पूँजी बजारसम्बन्धी प्रदर्शनी बुधबार देखि सुरु भएको छ ।
धितोपत्रको प्राथमिक र दोस्रो बजारसम्बन्धी जानकारी दिने उद्देश्यले आज र भोलि प्रदर्शनीको आयोजना गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
प्रदर्शनीमा एउटै छातामुनि धितोपत्र खरिद बिक्री, मर्चेन्ट बैंकिङ, धितोपत्र दलाल व्यवसायी सेवा, सामूहिक लगानी कोष, क्रेडिट रटिङ, निक्षेप सेवा, आस्वासहित विविध जानकारी दिने जनाइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा प्रदर्शनी भएको हो ।
नेपालमा पहिलोपटक पुँजी बजारसम्बन्धी विशेष प्रदर्शनी हुन लागेको बोर्डको दाबी छ । ‘आर्थिक विकासकोआधार स्वच्छ, पारदर्शी र प्रभावकारी पुँजी बजार’ भन्नेमूल नाराका साथ हुन लागेको प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।
प्रदर्शनीमा नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एन्ड क्लियरिङ, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रटिङ कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरू, सूचीकृत कम्पनीहरूका साथैनेपाल राष्ट्र बैंक, बिमा समिति तथा आइक्यानको सहभागितामा करिब १ सय ७० बटा स्टल रहेका छन ।
दुई दिनमा करिब १ लाखले प्रदर्शनी अवलोकन गर्ने बोर्डको दाबी छ । बजार सहभागीहरूले आफ्ना स्टलमार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवाबारे लगानीकर्ताहरूलाई जानकारी गराउने बताइएको छ ।
मेलाको आज अर्थमन्त्री डा युवाराज खतिवडाले उद्घाटन गर्नुभयो ।उहाँले शेयर बजारमा बुझेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।यस्तै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जिवी नेपालले शेयर बजार सम्बन्धी जानकारी दिने लक्ष्यका साथ आयोजना गरिएको मेलाले धेरैलाई सकारात्मक जानकारी दिने बताउनुभयो ।
धितोपत्र बजार, सीडीएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैंकिङ व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुति र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भएका छन् । यस्तै धितोपत्र बजारसम्बन्धी अध्ययन सामग्रीहरू निःशुल्क वितरण गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस