Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेशको बजेट तथा योजनामा अन्तक्रिर्या

विहीबार, २७ बैशाख २०७५, १० : ०३ मा प्रकाशित

प्रदेशको बजेट तथा योजनामा अन्तक्रिर्या

अर्थ संसार, नेपालगञ्ज– प्रदेश नं ५ सरकारको आवधिक योजना निर्माण र आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम बुधबार नेपालगञ्जमा आयोजना गरियो । 

कार्यक्रममा सहभागी व्यापारी, जनप्रतिनिधि र सरोकारवालाले प्रदेश सरकारको आगामी आवको बजेट र योजना उद्योग, व्यापार तथा विकासमुखी हुनुपर्नेमा जोड दिएका थिए । 

त्यस अवसरमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपालगन्जका उद्योगी, व्यापारी, जनप्रतिनिधि तथा सरोकारवाला पक्षका सुझावका आधारमा प्रदेश सरकारले बजेट तथा योजना निर्माण गर्ने विश्वास दिलाउनुभयो । 

उहाँले प्रदेश नं ५ को विकास र आर्थिक समृद्धिका लागि आवश्यक स्रोतको खोजी र त्यसको उचित परिचालनलाई बजेट तथा योजनाको प्राथमिकतामा राखिने विश्वास पनि दिलाउनुभयो । 

“प्रदेश नंं ५ का उद्योगी, व्यापारी आर्थिक विकासका मेरुदण्ड हुन्, उनीहरुको हितका साथै जनताको समृद्धिका लागि आवश्यक कार्यक्रम बजेट तथा योजनामा समेटिनेछ”– मन्त्री पौडेलले भन्नुभयो । 

अन्तक्र्रिया कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले धेरै योजना बनाउनुभन्दा नेपालगञ्जका पाँचवटा ठूला पूर्वाधारका योजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिनुभयो । नेपालगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज पश्चिम नेपालको केन्द्र भएकाले प्रदेश नं ५ को राजधानी बनाउनु पर्ने माग गर्नुभयो । 

त्यस अवसरमा नेपालगञ्ज उद्योग वणिज्य संघले तयार पारेको ज्ञापनपत्र प्रवक्ता अभयकुमार बस्नेतले मन्त्री पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको