अर्थ संसार, काठमाडौं– बुधारदेखि सुरु भएको पुँजी बजार प्रदर्शनीले सेयर बजारलाई छुन सकेको छैन । सेयरबजारमा पुँजी बजार प्रदर्शनीको सकरात्मक असर भन्दा पनि नकरात्मक असर परेको देखिन्छ ।
मंगलबार १५.६५ अंकले बढेको बजार पुँजी बजार प्रदर्शनी भएको दिन बुधबार ५ अंक र आज (बिहीबार) ७.७ अंकले घटेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनमा धितोपत्रको प्राथमिक र दोस्रो बजारसम्बन्धी जानकारी दिने उद्देश्यले पुँजी बजार प्रदर्शनी–२०७५ को आयोजना गरिएको थियो ।
पुँजी बजार सुरु भएकै दिनदेखि बजार निरन्तर घट्दै आएको नेपाल स्टकले देखाएको छ । आज ७.७ अंकले घटेको बजारमा १ सय ६१ कम्पनीको ७ लाख ७३ हजार २१० कित्ता सेयर खरिदविक्री हुँदा ३५ करोड ८८लाख ४४ हजार २६० रुपौयाँको कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिम परिसूचक समेत १.४८ अंकले घेटेको छ ।

आज बैकिङ ३.३४, व्यापार ५.८३, होटल ३१.८२, विकास बैंक ५.६७, जलविद्युत २५.६३, फाइनान्स २.४१, विमा ६९.२८, अन्य ६.४६ र माइक्रोफाइनान्स १४.४१ अंकले घटेको छ ।
नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एन्ड क्लियरिङ, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रटिङ कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरू, सूचीकृत कम्पनीहरूका साथै नेपाल राष्ट्र बैंक, बिमा समिति तथा आइक्यानको व्यापार बढाउने काम भएको व्यवसायीहरुको भनाई छ ।
घटेको बजारमा कमाउने कम्पनी र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस