Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले कमायो ६२ करोड नाफा

आइतबार, ३० बैशाख २०७५, ११ : १५ मा प्रकाशित

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले कमायो ६२ करोड नाफा

अर्थ संसार, काठमाडौँ – सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा रु ६२ करोड बढी नाफा गरेको छ ।

सोक म्पनीले निरन्तर नाफा बढाउँदै लगेको छ ।  गत चैतसम्म कम्पनीले रु ६२ करोड ५५ लाख नाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले रु ४१ करोड ६६ लाख नाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो ।

कम्पनीले बैंकमा राखेको निक्षेपबाट रु ८८ करोड ९१ लाख ब्याज आम्दानी गरेको छ ।

यस्तै लगानीबाट रु ७ करोड ९० लाख ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको