Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने हो ? जोशी हाइड्रोपावरको ३ करोड ७१ लाखको आइपिओ आउँदै

आइतबार, ३० बैशाख २०७५, ११ : २१ मा प्रकाशित

लगानी गर्ने हो ? जोशी हाइड्रोपावरको ३ करोड ७१ लाखको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयबासीलाई रु  ३ करोड ७१ लाख ४० हजार बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आगामी जेठ ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने सूचना आज प्रकाशित गरेको छ ।

आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका स्थानियबासीलाई आइपिओ दिइनेछ ।

न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीले ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजना प्रभावितलाई सकेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वार्षिक ९ करोड ८५ लाख युनिट बिजुली उत्पादन हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको