अर्थ संसार, काठमाडौँ–नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ ।
‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो । आज कूल १६३ कम्पनीको १० लाख सात हजार ७६४ कित्ता शेयर रु ४२ करोड ५१ लाख ९४ हजार २९९ मूल्यमा खरीद बिक्री भएको छ ।
तीन उपसमूहको शेयरको मूल्य भने बढेको छ । त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटल समूह ८.६६ बिन्दुले बढेका छन् । यस्तै, बैंकिङ १०.०४, व्यापार २.६२, विकास बैंक २६.९१, जलविद्युत् १५.५, फाइनान्स ७.४३, बीमा ६९.९६ र माइक्रोफाइनान्स २२.५९ बिन्दुले ओरालो लागेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस