अर्थ संसार, काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेडले साधारण सेयरको हकप्रद निश्कासनको लागि सेयरधनी दर्ता पुस्तिका जेठ १४ गते बन्द गर्ने भएको छ ।
यस इन्स्योरेन्सको कात्तिक २१ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले पारित भएको १ः०.४५ को अनुपातमा १ सय अंकितको दरले ३१,६६,६७७.६३ कित्ता हकप्रद साधारण सेयर निश्कासन प्रयोजनको लागि जेठ १४ गतेदेखि दर्ता पुस्तिका बन्द गर्न लागेको हो ।
जेठ १४ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा भएको कारोबारबाट सेयर खरिद गरी आवश्यक कागजात सहित बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पेश भएका विवरणको आधारमा कायम भएका सेयरधनीहरुले मात्र हकप्रद सेयरको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले चुक्तापुँजी ६८,८४,०८,१८१ को आधारमा साविकको सेयरधनीलाईक्त उक्त अनुपातमा हकप्रद निश्कासन गर्न लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस