अर्थ संसार, काठमाडौँ – धितोपत्र बजारमा यस साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५ दशमलव ९६ प्रतिशत कम हो ।
गत साता १८१ कम्पनीको दुई अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ४८ अंकले बढेर अन्तिम दिन १३३९ दशमलव ६५ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १२ अंकले बढेर २८२ दशमलव ३० अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख ८० हजार बराबरको सेयर कारोबार भएको छ ।यस्तै कारोबार भएको सेयर संख्याका आधारमा पनि सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ ।
सो बैंकको दुई लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस