Like us!
Follow us!
Connect us!
Watch us!

रैराङको आइपीओ बुधबार बाँडफाँड हुँदै, ९८ हजार ८ सय १८ जनाको हात खाली

मंगलबार, ०८ जेठ २०७५, १८ : २४ मा प्रकाशित

रैराङको आइपीओ  बुधबार बाँडफाँड हुँदै, ९८ हजार ८ सय १८ जनाको हात खाली

अर्थ संसार, काठमाडौं- रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निश्कासन गरको साधारण सेयर (आइपिओ) बुधबार बाँडफाँड हुने भएको छ  ।

बुधबार विहान  सेयर निष्काशन तथा बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा हुने क्यापिटलले जनाएको छ । 

कम्पनीले बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म ८ लाख ४० हजार कित्ता साधारण सेयर निश्कासन गरेको थियो ।

जसमध्ये ३३ हजार ६सय कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४ सेयर कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

निश्कासन गरको आइपिओमा १ लाख ७५ हजार २ सय ५८ जनाले आवेदन दिएका थिए । आवेदन भन्दा १८ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड हुने विक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।

माग भन्दा बढी आवेदन परेपछि ७६ हजार ४ सय ४० जनाले मात्र सेयर पाउने छन् भने बाँकी ९८ हजार ८ सय १८ जनाको हात खालि हुनेछ ।

यहाँबाट आइपिओको रिजल्ट हेर्न सक्नुहुनेछ

हाइपिओको रिजल्ट हामी  हाल्ने छौँ । यका लागि तपाईले यहाँ क्लिक गरी लाईक गर्नु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको