Like us!
Follow us!
Connect us!
Watch us!

४६ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको प्रभु इन्स्योरेन्सको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, प्राविधिक विश्लेषण

बुधबार, ०९ जेठ २०७५, ०८ : २१ मा प्रकाशित

४६ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको प्रभु इन्स्योरेन्सको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं-कम्पनीको २०७४/ ७५ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. १३ करोड ८ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा करीब २३ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. १० करोड ६४ लाख नाफा कमाएको थियो । कम्पनीले रू. २१ करोड ६० लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ७८ प्रतिशतले रू. ६८ करोड ८४ लाख पुगेको छ भने रिजर्भ कोषमा रू. ९ करोड ४७ लाख छुट्याएको छ ।

सोही अवधिमा बीमा कोषमा रू. ३९ करोड ५९ लाख जम्मा भएको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३१ प्रतिशतले बढी हो । साथै कम्पनीले पूँजी वृद्धिको लागि हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट वैशाख २७ गते स्वीकृति पाएको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएको छ । कम्पनीले १ बराबर शून्य ४६ अनुपातमा रू. १ सय अङ्कित दरको ३१ लाख ६६ हजार ६ सय ७७ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले यो हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज जेठ १४ गते गर्ने भएको छ । जेठ १३ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्बभन्दा बढी पुग्नेछ ।

वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ७७१
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १९०६
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३३४
१८० दिनको भारित औसत मूल्यः रू. ७३५.४०

कम्पनीको महत्वपूर्ण अनुपात :

व्यवस्थापन समूह :
अध्यक्षः कुसुम लामा
प्रमुख कार्यकारी अधिकृतः सन्चित बज्राचार्य
प्रधान कार्यालयः तिनकुने, काठमाडौं
शाखाः १८
वेबसाइटः www.prabhuinsurance.com
स्टक स्टिकरः पीआरआइएन

कम्पनीको पछिल्लो पाँच वर्षको परिसूचकहरु (रू. हजारमा)

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

लाभांश विवरण


आधारभूत विश्लेषण :
कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/ ७४ बीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २७ दशमलव ६४ प्रतिशतबाट घटेर ४ दशमलव १९ प्रतिशतमा सिमित भएकोे छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रू. २७ करोड ७९ लाख रहेको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३५ प्रतिशतले बढी हो । खुद चालू सम्पत्ति ३८ प्रतिशतले बढेर रू. ८६ करोड ६९ लाख रहेको छ भने चालू दायित्व रू. ६९ करोड ३ लाख पुगेको छ ।

  • कम्पनीको चैत मसान्तसम्ममा रू. २१ करोड ६० लाख आम्दानी गर्दा रू. ८ करोड ५२ लाख खर्च भएको छ । सोही अवधिमा १ हजार ४ सय ३४ जनालाई रू. २५ करोड ५८ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ६ सय ८० जनालाई रू. ११ करोड २६ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

  • कम्पनीले चैत मसान्तसम्ममा रू. ६५ करोड ३८ लाख बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले बढी हो । कम्पनीको जारी बीमा लेखको सङ्ख्या ५२ हजार ५ सय १३ छ भने नवीकरण गरिएको बीमालेखको सङ्ख्या २३ हजार २ सय २५ रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १९ मूल्य आम्दानी अनुपात ३५, प्रति शेयर कुल सम्पत्तिको मूल्य रू. २ सय २६, तरलता अनुपात २ दशमलव २६ र प्रति शेयर नेटवर्थ रू. १ सय ७१ रहेको छ । मङ्गलवारको शेयर मूल्य नेटवर्थको साढे ४ गुणा छ ।

 प्राविधिक विश्लेषण :

  • विक्री चाप : कम्पनीको मङ्गलबार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप साढे १ गुणा बढी रहेको छ । सो अवधिसम्म ७ हजार ६ सय ४७ कित्ता शेयर विक्री र ५ हजार १ सय ८७ कित्ता शेयर खरीद गर्ने माग रहेको थियो ।

  • मङ्गलवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

२० फेब्रुअरी २०१८                                                                    २२ मे २०१८

स्ट्याण्डर्ड डेभिएशन

२० फेब्रुअरी २०१८                                                                         २२ मे २०१८

आरएसआई

२० फेब्रुअरी २०१८                                                              २२ मे २०१८

मुभिङ एभरेज

२० फेब्रुअरी २०१८                                                                       २२ मे २०१८

  • मैनबत्ती विश्लेषणः बैङ्ककोे ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृती बनेको छ । यस आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः कम्पनीको ६० दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (५६ दशमलव २४ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः कम्पनीको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ९ दशमलव ३५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६० दिनको कारोबार अवधिमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखाले काटेर माथि गएको छ । हालको मूल्य २६ दिने औषत मूल्यरेखा र १४ दिने औषत मूल्यरेखाको विचमा रहेको छ । यस्तो अवस्थामा किन्न चाहानेले किन्ने समय हो, बेच्नेले केही दिन पर्खनु पर्ने हुन्छ । मङ्गलवारको शेयर मूल्य रू. ७ सय ७१ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महङ्गिएमा रू. ७ सय ९० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ७ सय ६६ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको