अर्थ संसार, काठमाडौं- रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निश्कासन गरको साधारण सेयर (आइपिओ) आज बाँडफाँड भएको छ ।
आज विहान सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा सेयर बाँडफाँड भएको हो ।
आवेदन भन्दा १८ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड भएको विक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।
माग भन्दा बढी आवेदन परेपछि ७६ हजार ४ सय ४० जनाले १० कित्ता मात्र सेयर पाएका छन् । भने बाँकी ९८ हजार ८ सय १८ जनाको हात खालि भएको छ ।
कम्पनीले बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म ८ लाख ४० हजार कित्ता साधारण सेयर निश्कासन गरेको थियो ।
जसमध्ये ३३ हजार ६सय कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४ सेयर कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
निश्कासन गरको आइपिओमा १ लाख ७५ हजार २ सय ५८ जनाले आवेदन दिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस