अर्थ अर्थ संसार, काठमाडौं –प्राइम लाइफ इन्सुरेन्सको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामी भर्ने बुधबार (जेठ ९ गते) अन्तिम दिन हो ।
प्राइमले जेठ २ देखि सर्वसाधारण समूहको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले यसअघि फागुन २७ देखि वैशाख २ गतेसम्म ९७ लाख ६३ हजार २०० कित्ता ९१६०५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये २ लाख ७१ हजार ९७८ कित्तामा आवेदन नपरेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियामा ल्याइएको हो ।
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । यसैगरी, लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न मिल्नेछ ।
१०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । हाल प्राइम लाइफको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । लिलामी सेयर बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
प्राइमको चैत १४ गते सम्पन्न साधारण सभाले यही पुँजीबाट १२.५५५ बोनस दिने प्रस्ताव पारित गरिसकेको छ । बोनसपछि चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्गेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ३१ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस