अर्थ संसार, काठमाडौँ–अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आफ्नो सम्पत्ति विवरण सरकारले सार्वजनिक गरेको छ । सो विवरणमा अर्थमन्त्री खतिवडाले आफूसँग विभिन्न नगद र बैंकमा गरी करिब रु ८७ लाख रहेको र विभिन्न मितिमा अरुलाई रु २४ लाख ऋण दिएको विवरण उल्लेख गरेका छन् ।
झापा गौराहद वडा नम्बर ९ को वासिन्दा रहेका खतिवडा हाल काठमाडौको धुम्बाराहीमा बसोबास गर्दै आइरहेका छन् । उनले ती जग्गाहरु रु १ करोड ४९ लाख मूल्यमा खरिद गरेको बताएका छन् ।
त्यस्तै, सुनाको गहनामा सन् २०३० यता १० तोला, १ किलो चाँदी रहेको र बैंक खाताबाट झिकेको डेढ लाख नगल रहेको उल्लेख गरेका छन् ।यता, विभिन्न बैंकमा रहेको खातामा डलर र नेपाली रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।
नबिल बैंकमा १० हजार ७ सय ३ डलर र सानिमा बैंकमा ५२ हजार डलर रहेको उनले विवरणमा उल्लेख गरेका छन् । नबिल बैंकमा रु १ लाख ४९ हजार माछापुच्छ्र्रेमा रु २ लाख ६९ हजार , इन्भेस्टमेन्टमा रु २ १३ हजार लाख, साबल सहकारी संस्थामा रु २४ लाख ५४ हजार र कमला खतिवडाको नाममा रु ३ लाख ६६ अजार , सानिमा बैंकमा रु ३७ लाख, नवदुर्गा सहकारी संस्था रु १७ लाख, जनता बैंकमा रु ५० हजार, एभरेस्ट बैंकमा रु ५७ हजार रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, साबल सहकारी र दुर्गाभवानी सहकारीमा उनको क्रमशः पाँच हजार र ५० कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।उनले विभिन्न समयमा पाँच जनालाई २४ लाख बराबरको ऋण दिएको उल्लेख गरेका छन् । सवारीमा आफूसँग ३ लाख ६० हजारको मोटरकार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
मोबाइलका नाममा उनीसँग रु ६५ हजार र रु ८५ हजार पर्ने दुईवटा मोबाइल रहेका छन् भने निजी बचतबाट किनेतको रु ८० हजारको रंगीन टेलिभिजन रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस