अर्थ संसार, काठमाडौँ – आइतबारदेखि आजसम्म चार दिन सेयर बजार ११.३८ बिन्दुले घटेको छ ।लगातार घटीरहेको बजारको गति भने धिमा रहेको छ । हरेक दिन समान्य अंकले मात्रै बजार घटीरहेको छ । यसले तत्काल बजारमा प्रभाव नपारेपनि अवस्था राम्रो छैन भन्ने संकेत चाही गर्दछ ।
आज कारोवार मापक सूचक ४.५५ अंकले घटेर एक हजार ३२८.२७ अंकमा झरेको छ । आज कूल १६१ कम्पनीको शेयर रु २९ करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।
उपसूचक मिश्रित देखिएका छन् । आठ उपमूहकोसयर घटदा दुई उपसमूहको मात्रै शेयर बढेको छ । बुधवार मिथिला लघुवित्त विकास बैकका सेयरधनीले सवैभन्दा बढि १० प्रतिशत कमाएका छन् भने पोखरा फाइनान्सका संस्थापक शेयरधीले सबैभन्दा बढि करिव १० प्रतिशत नै गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस