अर्थ संसार, काठमाडौं – साताको अन्तिम दिन बिहीबार सेयर बजारमा १०.०५ अंकले घटेर १३१८.२२ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.७६५ ले घटेको हो ।
कुल १६२ कम्पनीको ३८ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । ८ लाख ८ हजार ७९२ कित्ता सेयर कारोबार भएको छ ।
कुल १० वटा समूहको सेयर कारोबार भएकामा २ वटामा हरियाली देखिएको छ भने बाँकी समूहका सूचक राता भएका छन् । बिमा समूह सबैभन्दा धेरै ६२.३४ अंकले घटेको छ । माइक्रोफाइनान्स ३३.९८ अंक र वाणिज्य बैंक समूह ७.४६ अंकले तल झरेका छन् ।
कारोबार रकममा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक अग्रस्थानमा छ । कालिकाको २ करोड ३३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र प्रभु इन्सुरेन्स परेका छन् ।
घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस