Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सको सेयर किन्दै हुनुहुन्छ ? हेरों, कम्पनी विश्लेषण

शुक्रबार, ११ जेठ २०७५, ०८ : २३ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सको सेयर किन्दै हुनुहुन्छ ?  हेरों, कम्पनी विश्लेषण

२०५७ माघ १९ गतेदेखि सञ्चालित आइएमई जनरल इन्स्योरेन्सले चालू आवको तस्रो त्रैमाससम्ममा रू. ८ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा ३२ प्रतिशतले बढी हो ।

अघिल्लो आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड २० लाख नाफा कमाएको थियो । कम्पनीले रू. १४ करोड ४१ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । तेस्रो त्रैमासमा कम्पनीको चुक्तापूँजी शत प्रतिशतले बढेर रू. ५४ करोड पुगेको छ भने रिजर्भ कोषमा रू. ११ करोड ४९ लाख छुट्याएको छ । बीमा कोषमा रू. १३ करोड ४७ लाख जम्मा भएको छ ।

यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ६२ प्रतिशतले बढी हो । साथै कम्पनीले पूँजी वृद्धिको लागि हकप्रद शेयर निष्कासनको लागि सेबोनमा चैत १२ गते निवेदन दिएको छ ।

कम्पनीले १० बराबर ८ अनुपातमा रू. १ सय अङ्कित दरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि निवेदन दिएको छ । विक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले पाएको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रदको बाटो रोजेको हो । यो हकप्रद शेयर निष्कासन र बाँडफाँटपछि कम्पनीको पूँजी रू.९७ करोड २० लाख पुग्नेछ ।

वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ९७०
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १९९१
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ८१.६
१८० दिनको भारित औसत मूल्यः रू. ९७७.३३

कम्पनीको महत्वपूर्ण अनुपात 

व्यवस्थापन समूहः
अध्यक्षः हेम राज ढकाल
प्रमुख कार्यकारी अधिकृतः यूगेशभक्त वादे श्रेष्ठ
प्रधान कार्यालयः नक्साल, काठमाडौं
शाखाः ३३
वेबसाइटः www.iginepal.com
स्टक स्टिकरः आइजीआई

विगत पाँच वर्षको प्रमुुख वित्तीय परिसूचकहरु (रू. हजारमा) 

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

आधारभूत विश्लेषण 
कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २२ दशमलव ९९ प्रतिशतबाट घटेर १५ दशमलव २५ प्रतिशतमा सिमित भएकोे छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा यो त्रैमासमा ३८ प्रतिशतले बढेर रू. १८ करोड ९९ लाख पुगेको छ । कम्पनीको खुद चालू सम्पत्ति रू. ५१ करोड ५६ लाख र चालू दायित्व रू. २६ करोड २६ लाख रहेको छ ।

  • कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. १४ करोड ४१ लाख आम्दानी गर्दा रू. ६ करोड १७ लाख खर्च भएको छ । सोही अवधिमा कम्पनीले रू. ६७ करोड ५२ लाख बीमा शुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तस्रो त्रैमासको तुलनामा ३६ प्रतिशतले बढी हो । जारी बीमालेखको सङ्ख्या ५० हजार १६ रहेको छ भने नविकरण गरिएको बीमालेखको सङ्ख्या ३ हजार ६ सय ९४ रहेको छ ।

  • कम्पनीले १ हजार ४ सय ५६ जनालाई रू. १६ करोड १० लाख दाबी भुक्तानी गरेको छ भने १ हजार २ सय २९ जनालाई रू. २० करोड १४ लाख २१ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले बैङ्किङ क्षेत्रमा तरलताको अभावको कारण व्यवसायमा आएको गिरावट, बीमा शुल्कको दरमा भएको कटौतीलगायत चुनौतिका बाबजुत पनि कम्पनीको व्यवसाय र शाखा विस्तार गरी ग्राहकलाई निरन्तर रुपमा सेवा प्रदान गर्दै आएको छ ।

  • कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी(वार्षिक) २० दशमलव ३४, मूल्य आम्दानी अनुपात ४२ दशमलव ०४ र प्रतिशेयर नेटवर्थ रू. १ सय ३४ दशमलव ०७ रहेको छ । बुधवारको शेयर मूल्य नेटवर्थको ७ गुणा बढी छ ।

प्राविधिक विश्लेषण

  • बुधवारको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

२१ फेब्रुअरी २०१८                                                                                                                                                  २३ मे २०१८

स्ट्याण्डर्ड डेभिएशन
२१ फेब्रुअरी २०१८                                                                                                                                              २३ मे २०१८

आरएसआई 
२१ फेब्रुअरी २०१८                                                                                                                                            २३ मे २०१८

मुभिङ एभरेज 
२१ फेब्रुअरी २०१८                                                                                                                                         २३ मे २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ६० दिनको कारोबारमा अन्तिम दिनमा सेतो मारोबोजु आकृति बनेको छ । यस आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः कम्पनीको ६० दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (५३ दशमलव ३७ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ३ दशमलव ६० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६० दिनको कारोबारमा २६ दिने औसत मल्यरेखा, १४ दिने औसत मूल्यरेखा र हालको मूल्य एकै ठाउँमा छन् । यस्तो अवस्थामा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखाले काटेर माथि गएमा शेयर मूल्य बढ्ने सम्भावना हुन्छ । बुधवारको शेयर मूल्य रू. ९ सय ७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ९ सय ६१ मा टेवा पाउन सक्छ भने मूल्य महङ्गिएमा रू. ९ सय ९० मा प्रतिरोध पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको