Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको संस्थापक सेयर लिलामीमा

शुक्रबार, ११ जेठ २०७५, ११ : ३७ मा प्रकाशित

सिन्धु विकास बैंकको संस्थापक सेयर लिलामीमा

अर्थ संसार, काठमाडौं–  सिन्धु विकास बैंकको ५ लाख भन्दा बढी संस्थापक सेयर शुक्रबार ( जेठ ११ गते) देखि लिलामीमा राखेको छ ।

बैंकले जारी गरेको हकप्रदमा  नपरेका सेयर लिलामीमा  आएको हो ।यस बैकले ५ लाख ३५ हजार ३०१ कित्ता हकप्रद सेयर विक्री नभएपछि बैंकले एनआइविएल एस क्यापिटल मार्फत लिलामीमा ल्याएको हो ।

सो विकास बैंकको लिलामीमा आवद्ध हुन चाहने लगानीकर्ताले  शुक्रबार (जेठ ११) गतेदेखि जेठ २७ गतेसम्म बोलपत्रका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सिन्ध विकास बैंकले चुक्ता पुँजी बढाउने सिलसिलामा गत भदौ १८ गते कात्तिक ५ गतेसम्म विक्री खुल्ला गरेको हकप्रदमा आवेदन नपरेको संस्थापक हकप्रद सेयर लिलामीमा आएको हो ।

यो पनि पढ्नुहोस्

सेयर कारोबार अनलाइनबाटै हुँदै, नेप्सेले गर्यो यस्तो तयारी

हाइभोल्टेज प्रसारण लाइन बनाउन अमेरिकाको सहयोग, कहिलेदेखि होला काम ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको