अर्थ संसार, काठमाडौं – सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य वैशाखमा १० रुपैयाँ १४ पैसा कायम भएको छ ।
चैतको तुलनामा प्रतिइकाई खुद सम्पति मूल्य २१ पैसाले बढेको हो । वैशाखमा यस फन्डले २३ करोड ६३ लाख ३ हजार २४२ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यस फन्डको सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा ४ करोड ९१ लाख २३ हजार ७२३ रुपैयाँले बढेको छ ।
सानिमा इक्विटी फन्डले ४१ वटा कम्पनीको ४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनेको छ । यसमध्ये सबैभन्दा धेर सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार ८३९ कित्ता सेयर सेयर रहेको छ ।
रकमका आधारमा भने सबैभन्दा धेरै नेपाल इनभेष्टमेन्ट बैंकको संस्थापक सेयरमा २ करोड ६४ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । यो फन्डलाई सानिमा क्यापिटलले व्यवस्थापन गरेको छ । यसको कोष प्रवद्र्धक सानिमा बैंक हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस