Like us!
Follow us!
Connect us!
Watch us!

यो साता सेयर बजारमा १ अर्ब ९२ करोडको कारोबार

शनिबार, १२ जेठ २०७५, ०५ : ४४ मा प्रकाशित

यो साता सेयर बजारमा १ अर्ब ९२ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा यो साता १ अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

गत साता १ अर्ब ८ करोड १९ लाख ४१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । गत साता भन्दा यो साता कारोबार रकम ७७.७१ प्रतिशतले बढी हो ।

क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.३७ अंकले घटेर २७७.८९ अंकमा आइपुगेको छ ।

बजारमा यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८३ कम्पनीहरुको कारोबार भएको हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २०.९७ अंकले घटेर अन्तिम दिन १३१८.२२ अंकमा पुगेको छ ।

यस साता कारोबार रकम (२२ करोड ८५ लाख रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको  संस्थापक अग्रस्थानमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको