अर्थ संसार, काठमाडौं (एजेन्सी)– सात वर्षदेखिको आरोप– प्रत्यारोपकोशृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएकोछ ।
सन् २०११ मा सुरु भएकोडिजाइन चोरीकोआरोप यो फैसलापछि टुंगोमा पुगेको हो। यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएपछि सामसङले उक्त निर्णयविरुद्ध पुनरावलोकन गर्नेप्रक्रिया सुरु गरेको थियो।
उक्त मुद्दाकोपुनरावलोकन गर्दै अमेरिकी अदालतलेअहिले५० करोड ३० लाख डलर जरिवाना मात्रै तिरे पुग् नेफैसला सुनाएको
हो। सामसङलाई मुख्यतः आईफोनको तीन डिजाइन चोरी गरेकोआरोप छ ।
तर, विश्लेषकहरूले भने सामसङ यो क्षतिपूर्तिको निर्णयको पुनरावलोकनका लागि पुनः अदालत जान सक्ने टिप्पणी गर्छन्। क्यालिफोर्नियाको अदालतले पुराना प्रमाणहरूको विश्लेषण गर्दै
जरिवाना रकमको निक्र्योल गरेको हो।
सामसङले भने आफूले करिब २ करोड ८० लाख डलर मात्रै क्षतिपूर्ति तिरेपुग्ने जिकिर गर्दै आएकोछ । एप्पलले भने आफ्नो
आइफोन बिक्रीबाट प्राप्त नाफाको आधारमा ठूलो रकम क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै आएको थियो।
सामसङलाई साढे दुई अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी एप्पलले गरको थियो। सन् २००७ मा सार्वजनिक भएको आइफोनको होम बटनसहित विभिन्न डिजाइन सामसङलेचोरी गरेकोआरोप
एप्पलकोथियो।
सन् २०११ मा एप्पलले सामसङविरुद्ध क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरेकोथियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस