अर्थ संसार, काठमाडौं – सूर्योदय लघुवित्तको हकप्रद सेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।
कम्पनीले गत फागुन २४ देखि चैत २९ गतेसम्म हकप्रद जारी गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको ८ हजार ४ सय कित्ता र सर्वसाधारण समूह तर्फको १९ हजार ६ सय ८२ कित्ता सेयर लिलामीमा विक्री गर्न लागेको हो । यस सेयरमा जेठ २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ सय तोकिएकाले सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता वा सोभन्दा बढी सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्ने व्यवस्था छ ।
बोलपत्र पेश गर्नका लागि ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैङ्क लिमिटेडको वीरगञ्ज, बनेपा, हेटौडा, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीका साथै सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्जामा सम्पर्क राख्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस