Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको एफपिओ खुल्दै, मूल्य २८० तोकियो, बिक्ला त सेयर ?

आइतबार, १३ जेठ २०७५, ११ : ४८ मा प्रकाशित

नेपाल बैंकको एफपिओ खुल्दै,  मूल्य  २८० तोकियो, बिक्ला त सेयर ?

अर्थ संसार, काठमाडौं, नेपाल बैंक लिमिटेडले एफपिओको मूल्य रु २८० तोकेको छ । बैंकले प्रतिसेयर मूल्य रू. १ सयमा रू. १ सय ८० प्रिमियम थप गरी प्रतिकित्ता रू. २ सय ८० मा सार्वजानिक निष्कासन गर्न लागेको हो ।

बैंकको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैकले नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो ।

एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । एफपीओको प्रिमियमबाट आएको पैसा जगेडा कोषमा जानेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले  रु २ अर्ब ५६ करोड ७७ लाख २८ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी रु ४२  रहेको यस बैकको प्रतिसेयर नेटवर्थ रु १७४ रुपैयाँ ३१ पैसा छ ।

5b0a4cc2d5c93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको