Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरोलो यात्रा कायमै, १७ अंकले घटेको बजारमा ३९ करोडको कारोबार

आइतबार, १३ जेठ २०७५, १५ : ३८ मा प्रकाशित

सेयर बजारको ओरोलो यात्रा कायमै, १७ अंकले घटेको बजारमा ३९ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– केही दिन अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार (आज) आइतबार पनि ओरालो राखेको छ ।

बजार १७.८१ अंकले घट्दा नेप्से इन्डेक्स १३१८.२६ विन्दुबाट तल झेरेर १३००.४२ विन्दुमा पुगेको छ ।

जम्मा १६१ वटा कम्पनीको १० लाख २३ हजार ७३६ कित्ता सेयर खरिदविक्री हुँदा ३९ करोड ६८ लाख ६७ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।

आज व्यापार समूह बाहेक अन्य सवै समूह राताम्मै भएका छन् । बैकिङ १३.२२, होटल ४१.४८, विकास बैंक १३.११, जलविद्युत ३०.०५, फाइनान्स ४.२६, विमा १२२.७९, उत्पादन ०.४७, अन्य १२.९१ र माइक्रोफाइनान्स २७.९२ अंकले घटेको छ । यता, व्यापार समूह भने ०.८४ अंकले बढेको छ ।

दोहोरो अंकले घटेको बजारमा सवै भन्दा धेरै रिलायन्स फाइनान्स ७ प्रतिशत बढेको छ भने सवै कम प्रोग्रेशिभ फाइनान्स ५ प्रतिशतले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

 

 

5b0a83905219b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको