Like us!
Follow us!
Connect us!
Watch us!

२० अर्ब बढी सामाजिक सुरक्षा कर उठ्यो, कहाँ खर्च गर्ने छैन कुनै योजना ?

सोमबार, १४ जेठ २०७५, १० : ५० मा प्रकाशित

२० अर्ब बढी सामाजिक सुरक्षा कर उठ्यो, कहाँ खर्च गर्ने छैन कुनै योजना ?

अर्थ संसार, काठमाडौँ–चालु आवको प्रथम आठ महिनासम्म सामाजिक सुरक्षा कर २० अर्ब ११ करोड संकलन गरिएको छ ।

 अर्थमन्त्री डा युवराज खतिवडालेसंघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा आव २०७३/७४ (गत वर्ष) मा  १६ अर्ब ९० करोड संकलन भएकामा प्रथम आठ महिनामा अहिले करीब २५ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको आठ महिनासम्ममा ८२ प्रतिशत सरकारी क्षेत्र र १८ प्रतिशत गैरसरकारी क्षेत्रका करीब तीन हजार बढी संगठित संस्था सामाजिक सुरक्षा करको दायरामा आएका छन् ।

 उक्त करमा योगदान गर्नेको संख्या २० लाख पुगेको छ । सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि स्थापना भएको कोषमा चालु आवको प्रथम आठ महिनासम्ममा रु ६७ करोड पुगेको छ ।     प्रतिवर्ष करीब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको