अर्थ संसार, काठमाडौं– विगत केही दिन अघिदेखि निरन्तर ओरालो लागेको पुँजी बजार सोमबार एक्कासी बढेको छ ।
बजार ३५.९८ अंकले बढ्दा ५७ करोड ४८ लाख४६ हजार ९६१ रुपैयाँको कारोबार भएको छ । १६८ वटा कम्पनीको १३ लाख ५९ हजार ६७५ कित्ता सेयर खरिदविक्री भएको छ ।
अर्थतन्त्र सुधारउन्मुख रहेको र सेयर बजार समेत स्थिरताउन्मुख भएको भन्ने अर्थमन्त्रीको भनाई र आर्थिक समृद्धिको नारा बोकेको सरकारलाई दुईतिहाई बढीको समर्थन लगायतका कारणले एकाएक सेयर बजार बढेको विश्लेषकहरु बताउँछन् । आजको कारोबारमा सर्वसाधारण भन्दा पनि विस्तारै ठुला लगानीकर्ताको सक्रियता बढेको देखिन्छ ।
कारोबार भएको सवै समूहमा हरियाली हुँदा नेप्से इन्डेक्स १३३६.५४ विन्दुमा पुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभप परिसूचक समेत ७.३७ अंकले बढेको छ ।
सोमबार बैकिङ २५.४६, व्यापार २.५३, होटल १०१.११, विकास बैंक ४८.२८, जलविद्युत ४७.३६, फाइनान्स १०.३५, विमा २७१.४४, उत्पादन ४७.४५, अन्य १७.५२ र माइक्रोफाइनान्स ५९.०६ अंकले बढेको छ ।
ह्वात्तै बढेको बजारमा शिखर इन्स्योरेन्स, जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंक, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ९ प्रतिशत भन्दा बढी प्रतिशतले बढेको छ भने मेगा बैंक झण्डै १० प्रतिशतले घटेको छ भने पोखरा फाइनान्स ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस