अर्थ संसार, काठमाडौँ– सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज संघीय संसद्मा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
नयाँ बजेटमा शेयर बजार स्म्बन्धी के कस्ता विषय समेटिएलान् भन्ने आम रुपमा चासो रहेको छ ।
निरन्तर ओरालो लाग्दै आएको सेयर बजारलाई सम्बोधन गर्न अर्थमन्त्रीले केही प्रभावकारी व्यवस्था गर्लान् भन्ने आम मानिसको चासो सम्बोधन हुने अवस्था पनि देखिएको छ ।
उनले केही दिन पहिले सेयर बजार स्थिर रहेको र विगतमा आफूले भनेको भन्दै गलत हल्ला चलाइएको बताएका थिए ।
उनले बजेटमा बजारलाई केही न केही रुपमा सम्बोधन गर्ने तयारी गरेका छन् । तर कस्तो र कुन रुपमा सम्बोधन गरिने हो भन्ने बारेमा केही बताइएको छैन ।
संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले आज अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस