Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट  रकम भित्र्याउन  नेपाल एसबीआई बैंकले सुरु गर्यो नयाँ सेवा

शुक्रबार, ०८ पुस २०७३, १६ : १६ मा प्रकाशित

भारतबाट  रकम भित्र्याउन  नेपाल एसबीआई बैंकले सुरु गर्यो नयाँ सेवा

अर्थसंसार
काठमाडौं – आफ्ना ग्राहकहरुका लागि उच्चस्तरीय बैंकिङ्ग सेवा दिने उद्देश्यले नेपाल एसबिआई बैंकले पेमेन्ट गेटवे फेज दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ्ग सेवा सेवा शुरु गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे र स्टेट बैंक अफ इन्डिया, अन्तर्राष्ट्रिय बैंकिङ्ग विभागका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले राजधानीमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उक्त बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् ।

हालसम्म भारतबाट नेपालमा नगद पठाउने सुरक्षित माध्यम नहुँदा नेपाली कामदारहरुले सास्ती बेहोर्नु परेको थियो । पेमेन्ट गेटवे फेज–दुई अन्तर्गत भारतमा रहेका नेपालीहरुले चाहेको समयमा नेपालमा तत्काल पैसा पठाउन सक्नेछन् । 
त्यसैगरी, मर्चेन्ट एक्वायरिङ्ग सेवाले सेवाग्राहीलाई सुरक्षित रुपमा बैंकिङ कारोबार गर्न सहयोग गर्नेछ । टर्मिनलबाट कारोबार गर्दा कार्डवाला आधिकारिक व्यक्तिले आफै पिन कोड इण्ट्री गरेपछि मात्रै कारोबार सफल हुनेछ । यसले गर्दा ग्राहकको कार्डको दुरुपयोग हुने र अनावश्यक रकम भुक्तानीहुने संभावना कम भएर जाने बैंकले जानकारी दिएको छ । सानो र सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने यस्ता टर्मिनलहरु सिम कार्डको सहायताले सञ्चालनगर्न सकिन्छ ।

सो अवसरमा स्टेट मुख्य महाप्रबन्धक सुजितकुमार वर्मा, मुख्य महाप्रबन्धक एसबीआई मुम्बईका भिके त्यागी नेपाल एसबीआई बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।यसैबीच, बैंकले काठमाडौंको केशर महलमा कर्पोरेट शाखाको उद्घाटन गरेको छ । एसबीआई मुम्बइका सिद्धार्थ सेनगुप्ताले एक कार्यक्रमबीच सो शाखाको उद्घाटन गरेका हुन् ।
नेपाल एसबीआई बैंकले हाल ६२ शाखा कार्यालय र ७ एक्सटेन्सन काउण्टर सहित ६९ कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका तीन क्षेत्रीय कार्यालय र एक कर्पोरेट अफिस तथा मुलुकभर ९१ एटीएम र दुई मोबाइल एटीएम तथादुई क्यास डिपोजिट मेशिन (सीडीएम) छन् ।
 

यो पनि पढ्नुहोस्

मुल्य घटेसँगै बजारमा सुनको अभाव

८० मेगावाट बिजुली थपिंदै, लोडसेडिङ मुक्त देश बनाउने तयारी​

नेपाल एसबिआई बैंकको  सेयर निस्काशन हुँदै, यहाँबाट सेयर भर्ने सकिन्छ

कहाँ छ खुशी ? आफैंमा, परिवारमा, समाजमा ?

काम गरेर खान केको लाज ?

आजबाट सिनर्जी पावरको आईपीओ निष्काशन (आवेदन दिने स्थानसहित)

आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु

अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको