Like us!
Follow us!
Connect us!
Watch us!

‘एनएमबी–५०’ मा किन लगानी गर्ने ? यसो भन्छन एनएमबी क्यापिटलका सिइओ श्रिजेश घिमिरे ( भिडियो )

मिलन खड्का

सोमबार, १३ साउन २०७६, १३ : ३७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  एनएमबी क्यापिटल लिमिटेडको तेस्रो म्युचुअल फण्ड ‘एनएमबी–५०’ (आज) सोमबारदेखि बिक्री खुल्ला भएको छ ।

विगत ५ वर्षदेखि म्युचुअल फण्डको सपल व्यवस्थापनको अनुभव बोकेको एनएमबि क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारको विद्यमान अवस्था, यसको प्रवृत्ति र प्रकृति तथा बजार संरचनाको गहिरो अध्ययन अनुसन्धान तथा विश्लेषण गरी लगानीकर्ताको माझमा नयाँ योजनाको रुपमा ‘एनएमबी–५०’  ल्याएको हो । यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको शेयरहरुमा मात्र केन्द्रित हुनेछ  ।

यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य रु.१० अंकित १२ करोड इकाइ रहेको छ । जसमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ ।

बाँकी न्यूनतम १० करोड बीस लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्नेछ ।

‘एनएमबी–५०’ मा किन लगानीमा किन लगानी गर्ने ? यसो भन्छन एनएमबी क्यापिटल लिमिटेडका सिइओ श्रिजेश घिमिरे (हेर्नुस् भिडियो )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको