विहीबारको सेयर चार्ट
अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार बजार ३.१५ अंकले घटेको छ । जम्मा १६३ वटा कम्पनीको ७ लाख ९२ हजार ५५ कित्ता सेयर खरिदविक्री हुँदा १९ करोड ३० लाख २८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको समूहमध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स ११९१.२० विन्दुममा आइपुगेको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.७५ अंकले घटेको छ । होटल समूह मात्र उकाला लागेको दिन उत्पादन समूहको भने कारोबार भएको छैन ।
सेयर बजारप्रति लगानीकर्ताले विश्वास नभएको कारण बजारमा रौनक नदिएको हो । अर्थमन्त्री डा युवराज खतिवडादेखि तर्सिएको सेयर बजार एक दिन बढ्ने अर्काे दिन घट्ने खेल हिजोआज जारी छ । जसले गर्दा सोझासाझा लगानीकर्ता सेयर बजारमा डुवेका छन् ।
कारोबार भएको समूहमध्ये सवै भन्दा धेरै नन् लाइफल इन्स्योरेन्स समूह २७.१७ अंकले घटेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस