रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । माघ १० गते कम्पनी रजिष्ट्रार कार्यालयले प्रदान गरेको अनुमतिअनुसार कम्पनीको नाम ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
-
कम्पनीले यो त्रैमासमा १ करोड ५८ लाख खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष उसले १ करोड १२ लाख खुद मुनाफा कमाएको थियो ।
-
पुँजीमा ७० प्रतिशत वृद्धि र खुद नाफामा ४१ प्रतिशत वृद्धिले प्रतिशेयर आम्दानी १९ दशमलव ९८ रुपैयाँबाट घटेर १६ दशमलव ५३ रुपैयाँमा आइपुगेको छ ।
-
जगेडा कोषमा १९ प्रतिशत वृद्धि भएको छ । कोषमा अहिले ४ करोड ९२ लाख रहेको छ ।
-
सापटी रकम १३२ प्रतिशत वृद्धि भएर ९९ करोड ४६ लाख पुगेको छ भने कर्जा प्रवाह १४१ प्रतिशत वृद्धि भएर १ अर्ब १० करोड पुगेको छ । त्यस्तै, कम्पनीले ३६ करोड ८ लाख निक्षेप सङ्कलन गरेको छ । निक्षेप सङ्कलन १२१ प्रतिशत वृद्धि भएको छ ।
-
कम्पनीको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी १४ प्रतिशत वृद्धि भएको छ । खुद ब्याज आम्दानीबापत ५ करोड ७५ लाख कमाएको छ । कम्पनीले अहिले ४९ लाख १५ हजार प्रोभिजन गरेको छ भने जोखीम कोषबाट रकम फिर्ता भएको छैन ।
-
निष्क्रिय कर्जामा व्यापक कमी आएर शून्य दशमलव ७६ प्रतिशत छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा निष्क्रिय कर्जा २ दशमलव ४१ प्रतिशत थियो । त्यस्तै, निष्क्रिय कर्जाका लागि ३०६ दशमलव ८९ प्रतिशत रकम प्रोभिजन गरेको छ ।
-
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १५१ दशमलव २९ रुपैयाँ, तरलता अनुपात १६ दशमलव ७६ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १६१३ दशमालव ७२ रुपैयाँ रहेको छ ।

निष्कर्ष :
सापटी रकम, कर्जा र निक्षेपमा आएको ठूलो मात्राको वृद्धिले कम्पनी व्यापार व्यवसाय फैलाउँदै गरेको प्रस्ट हुन्छ । निष्क्रिय कर्जालाई २ दशमलव ४१ प्रतिशतबाट १ प्रतिशतभन्दा मुनि राख्नु कम्पनीको सकारात्मक पक्ष रहेको छ ।
प्राविधिक विश्लेषण : ग्लोबल आईएमई लघुवित्त प्रवृत्तिहीन




प्रतिक्रिया दिनुहोस