Like us!
Follow us!
Connect us!
Watch us!

कहिलेसम्म सेयर किन्नले भर्न पाउछन सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद ?

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, १७ : ०१ मा प्रकाशित

कहिलेसम्म सेयर किन्नले भर्न पाउछन सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद ?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । यसले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ ।  यस अनुसार  वैशाख ४ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। 

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको