भारतको जम्मू कश्मीरस्थित पहलगाममा हालै भएको आतङ्ककारी आक्रमणप्रति पाकिस्तानले प्रतिक्रिया दिएको छ। पाकिस्तानले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै यो भारतकै आन्तरिक विषय भएको दावी गरेको छ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै भारतको जम्मू कश्मीरमा भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै पाकिस्तानको कुनै संलग्नता नरहेको बताएका हुन्। उनले भने, “यो घटना भारतको आन्तरिक मामिला हो, पाकिस्तान यसमा संलग्न छैन।”
यससँगै पाकिस्तान सरकारले एक विज्ञप्ति जारी गर्दै अनन्तनाग जिल्लामा भएको उक्त आक्रमणमा मृत्यु भएका पर्यटकहरूप्रति समवेदना प्रकट गरेको छ। विज्ञप्तिमा उल्लेख छ, “भारतीय गैरकानूनी रूपमा कब्जा गरिएको जम्मू कश्मीरको अनन्तनागमा भएको आक्रमणले हामीलाई दुःखी बनाएको छ। मृतकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस