Like us!
Follow us!
Connect us!
Watch us!

निलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔं - सांसद कार्की

अर्थ संसार

बुधबार, ३१ बैशाख २०८२, ०३ : २२ मा प्रकाशित

निलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔं - सांसद कार्की

प्रतिनिधि सभा सदस्य रोशन कार्कीले कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनालाई नेपाल राष्ट्र बैंकको  गभर्नर नियुक्त गर्न सरकारसमक्ष माग गरेकी छिन् ।

उनले बुधबारको प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै यस्तो माग गरेकी हुन् । 

सांसद काकीले भनिन्,‘ राष्ट्र बैंकको गभर्नको पद लिलामीमा चढेको छ रे । लिलामीको बढाबढमा तीन करोड रुपैयाँ नाघिसक्यो रे । विगतमा हामीहरुले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाएका थियौं । उहाँहरुको कार्यकाल सफल र प्रसंशायोग्य थियो । कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऊँ र ५२ प्रतिशत महिलाहरूलाई न्याय गरौं। योग्य र अयोग्य मान्छेहरू खोज्न तर्फ नलागौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको