सिईडिबी होल्डिङ्स लिमिटेडले आ.व. २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ३२७.४५ प्रतिशतले खुद नाफा वृद्धि भएको घोषणा गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ करोड २५ लाख रुपैयाँ नाफाको तुलनामा झन्डै चार गुणा बढी हो।
कम्पनीले तेस्रो त्रैमाससम्म सेवाशुल्क, ब्याज तथा अन्य आम्दानीमार्फत ३८ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२५.७९% ले वृद्धि भएको हो।
आम्दानी उल्लेख्य रूपमा बढे पनि कम्पनीको खर्च पनि नियन्त्रणमा रहेको देखिन्छ। यस अवधिमा सिईडिबीको जम्मा खर्च १ करोड ९८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५६ प्रतिशत ले मात्र बढेको हो।
कम्पनीको वित्तीय सबलतामा थप बल पुगेको देखिन्छ, किनभने जगेडा तथा सञ्चित नाफा ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ५७ करोड ९८ लाख रुपैयाँ मात्र थियो।
वित्तीय सूचकांक
|
विवरण
|
---|---|
प्रति शेयर आम्दानी (EPS)
|
रु. ४५.५१
|
प्रति शेयर नेटवर्थ
|
रु. १७१.९३
|
प्रति शेयर कुल सम्पत्तिको मूल्य
|
रु. १७८.८२
|
मूल्य/आम्दानी अनुपात (P/E)
|
५६.१५ गुणा
|
समीक्षा अवधिसम्म सिईडिबीको जम्मा चालु सम्पत्ति ६७ करोड १९ लाख रुपैयाँ र जम्मा चालु दायित्व ७ करोड १२ लाख रुपैयाँ रहेको छ, जसले कम्पनीको तरलता स्थितिलाई मजबुत देखाउँछ।
सिईडिबी होल्डिङ्स लिमिटेडको तेस्रो त्रैमासको प्रदर्शनले कम्पनीको दिगो लाभप्रदता, खर्च नियन्त्रण तथा सम्पत्ति व्यवस्थापन क्षमताको संकेत गर्दछ। EPS, नेटवर्थ तथा आम्दानी वृद्धिले कम्पनीलाई दीर्घकालीन लगानीकर्ताहरूका लागि एक बलियो विकल्प बनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस