अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीको आम्दानी, सञ्चालन नाफा र खुद मुनाफा तीव्र रूपमा वृद्धि हुनुका साथै सेयर मूल्य तथा प्रतिशेयर आम्दानी (EPS) मा समेत बलियो सुधार देखिएको छ।
अपि पावर कम्पनीले हाल ६ वटा जलविद्युत तथा सौर्य आयोजना सफलतापूर्वक सञ्चालन गरिरहेको छ:
८.५ मेगावाटको नौगाड गाड
८ मेगावाटको माथिल्लो नौगाड गाड
४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य
१–१ मेगावाटका ढल्केबर र सिमरा सौर्य
४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना
यी आयोजनाबाट प्राप्त स्थिर आम्दानीले कम्पनीको नगद प्रवाहमा स्थायित्व ल्याएको छ।
चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९५ करोड १८ लाख रुपैयाँको तुलनामा २५% ले वृद्धि हो।
सञ्चालन मुनाफा ८७ करोड ७७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा पनि उल्लेखनीय वृद्धि हो।
यो त्रैमाससम्म कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको ४ करोड ४८ लाख रुपैयाँको तुलनामा यो नाफा ७ गुणाले बढी हो।
त्यसअनुसार, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) ७.७६ रुपैयाँमा पुगेको छ, जुन लगानीकर्ताको दृष्टिमा सकारात्मक संकेत हो।
बजार मूल्य: १७६ रुपैयाँबाट २७३.०९ रुपैयाँ मा वृद्धि
प्रतिशेयर नेटवर्थ: १०५.२० बाट १०९.८५ रुपैयाँ
मूल्य–आम्दानी (PE) अनुपात: ४१.४४ बाट घटेर ३५.२० गुणा
कम्पनीले सहायक कम्पनीहरूमा १६ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ
Project Work-in-Progress निरन्तर बढ्दै गएको छ, जसले भविष्यमा आम्दानी थप बढाउने संकेत दिन्छ
कम्पनीको कुल सम्पत्ति १३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस