Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

बुधबार, ३१ बैशाख २०८२, ११ : ३१ मा प्रकाशित

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

 नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको