नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नर नियुक्तिको विषयमा फेरि एकपटक कानुनी विवाद उत्पन्न भएको छ। गभर्नर पदका आकांक्षी मानिएका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
राजनीतिक पृष्ठभूमिबाट सिधै राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नु संस्थाको स्वायत्तता र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को मर्मविपरीत हुने जिकिर गर्दै उक्त रिट पेश गरिएको हो। वरिष्ठ अधिवक्ता प्रतीभा उप्रती र अधिवक्ता विशाल थापाले संयुक्त रूपमा रिट दायर गरेका छन्।
सत्तारुढ गठबन्धनका दुई प्रमुख दल, नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. पौडेललाई गभर्नर बनाउने विषयमा सहमति भएको चर्चा चलिरहेका बेला उनीमाथि रिट परेको हो।
यही बहसबीच डा. पौडेलले आफू सहभागी रहेको गभर्नर छनोट समितिबाट राजीनामा दिएका छन्। यसअघि गभर्नर पदको दौडमा रहेका डा. गुणकर भट्टविरुद्ध पनि अदालतमा रिट परेका थिए।
नेपाल राष्ट्र बैंकको गभर्नर पदजस्तो संवेदनशील भूमिकामा राजनीतिक पूर्वाग्रहविहीन, स्वतन्त्र र अनुभवी व्यक्ति नियुक्त हुनु जरुरी रहेको कानुन व्यवसायीहरूको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस